काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.३० अंक बढेर २६४८.९० विन्दुमा पुगेको छ।

पछिल्ला दुई कारोबार दिनदेखि बढिरहेको नेप्सेले आज पनि निरन्तरता दिएको हो। नेप्सेसँगै कारोबार रकम सामान्य बढेको छ।

ADVERTISEMENT

मंगलबार चार अर्ब २३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । बुधबार ३३३ स्टकको ४८ हजार ६४० पटकको कारोबारमा चार अर्ब ४५ करोड ११ लाख ४९ हजार रुपैयाँबराबरको एक करोड ४ लाख ५६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आँखु खोला जलविद्युत कम्पनीको २८ करोड ६९ लाख १९ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ। ङादी ग्रुप पावरको करिब साढे २५ करोड र एसवाई प्यानल नेपालको २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

ADVERTISEMENT

आज सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य साढे ९ र सुपरमाई हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

बुधबार १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने तीन उपसमूहको परिसूचक घटेको छ। जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.७९ प्रतिशत बढेको छ।