काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.७९ अंक बढेर २६६७.९७ विन्दुमा पुगेको छ।

१३ मध्ये पाँच उपसमूहको परिसूचक बढेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.६० प्रतिशत बढेको छ। जलविद्युत उपसमूहको परिसूचक करिब साढे ४ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। मंगलबार चार अर्ब सात करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३५० स्टकको ६१ हजार २८६ पटकको कारोबारमा चार अर्ब ४० करोड ९८ लाख ८६ हजार रुपैयाँबराबरको एक करोड ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

ADVERTISEMENT

सोलु हाइड्रोपावर कम्पनीको ५८ करोड १० लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। रिडी पावर कम्पनीको करिब ३५ करोड रुपैयाँ र खानीखोला हाइड्रोपावर कम्पनीको कारोबार रकम साढे २७ करोड रुपैयाँ नाघेको छ।

ADVERTISEMENT

सोलु हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको सेयरमूल्य ८७ रुपैयाँ ७० पैसा बढेर ६७२ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको हो।