काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.२९ अंकले घटेर २६१०.६३ अंकमा झरेको छ ।

नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन बिहीबार चार अर्ब ७१ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज एक करोड सेयर किनबेच हुँदा पाँच अर्ब एक करोड बराबरको सेयर किनबेच भएको छ ।

ADVERTISEMENT

१७१ कम्पनीको सेयर मूल्य घट्दा ७९ कम्पनीको मूल्य भने बढेको छ । नौ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । सबैभन्दा धेरै साइ प्यानल नेपाल लिमिटेडको ३० करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

ADVERTISEMENT

यस्तै, श्रीनगर अग्निटेक कम्पनीको २२ करोड ८८ लाख, बन्दीपुर केवलकारको २२ करोडभन्दा माथि, एनआइसी एसिया बैंकको २१ करोड र सागर डिस्टिलरीको १८ करोडभन्दा बढीको कारोबार भएको छ ।
आइतबार विन नेपाल लघुवित्त र श्रीनगर अग्निटेक कम्पनीको सेयर मूल्यमा १० प्रतिशत सर्किट लागेको छ । सान्भी इनर्जीको नौ प्रतिशतले सेयर मूल्य बढेको छ ।

ADVERTISEMENT

आजको कारोबारमा होटल तथा पर्यटन समूह शून्य दशमलव ६२, उत्पादन तथा प्रशोधन एक दशमलव ०४ र व्यापार समूह शून्य दशमलव ३४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव १४, विकास बैंक शून्य दशमलव ८०, वित्त शून्य दशमलव १३, जलविद्युत शून्य दशमलव ४९, लगानी शून्य दशमलव ३२, जीवन बीमा शून्य दशमलव ८८, लघुवित्त शून्य दशमलव ३२, म्युचुअल फन्ड शून्य दशमलव २९, निर्जीवन बीमा शून्य दशमलव ८६ र अन्य समूह एक दशमलव ६९ प्रतिशतले घटेको छ ।