काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिंकले जाडो मौसमलाई लक्षित गर्दै उपभोक्ताका लागि ‘विन्टर अफर’ सार्वजनिक गरेको छ।

योजनाअन्तर्गत एक्स्ट्रिम इनर्जी ड्रिंकका क्यान खरिद गरी क्यूआर कोड स्क्यान गर्ने उपभोक्तामध्ये छ जना भाग्यशाली विजेताले सुनको क्यान जित्ने अवसर पाउनेछन्।

ADVERTISEMENT

बजारमा पाँच नयाँ स्वादका इनर्जी ड्रिंक सार्वजनिक गरेको अवसरमा कम्पनीले यो योजना ल्याएको हो। योजनामा एक्स्ट्रिमको क्लासिकसहित पाँचवटै स्वादका उत्पादन समावेश छन्।

ADVERTISEMENT

अफरमा सहभागी हुन उपभोक्ताले एक्स्ट्रिम इनर्जी ड्रिंकको कुनै पनि स्वादको क्यान खरिद गरी त्यसमा रहेको क्यूआर कोड स्क्यान गर्नुपर्नेछ। त्यसपछि आवश्यक विवरण दर्ता गरेसँगै उनीहरू स्वतः उपहार योजनामा सहभागी हुन सक्नेछन्।

कम्पनीका अनुसार प्रत्येक महिना राष्ट्रिय टेलिभिजनमार्फत लक्की ड्र आयोजना गरी विजेता घोषणा गरिनेछ।

नयाँ स्वादको आगमनसँगै सुरु गरिएको यस अभियानले युवा पुस्तामाझ ब्रान्डको लोकप्रियता बढाउनुका साथै उपभोक्तासँगको सम्बन्ध थप मजबुत बनाउने कम्पनीको विश्वास छ।