काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १३.१७ अंकले घटेर २८२५.२३ विन्दुमा झरेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । ३४९ स्ट्रिप्सको एक करोड १६ लाख कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ४३ करोड बराबरको कारोबार भएको छ ।
सोमबार होटल र टुरिजमबाहेक सबै समूह राताम्मे भएका छन् । बैंकिङ ०.८४, विकास बैंक ०.१६, फाइनान्स ०.७०, हाइड्रोपावर ०.२३. इन्भेस्टमेन्ट ०.८४, जीवन बीमा ०.६२ प्रतिशतले घटेको छ ।
आज होटल फरेस्ट इनको सबैभन्दा बढी ३६ करोड, सोलु हाइड्रोको २९ करोड ८० लाख, नेसनल हाइड्रोको २८ करोड ८५ लाख, आखु खोला २३ करोड र रिलायन्स स्पिनिङ मिल्सको १९ करोड बराबरको सेयर कारोबार भएको छ ।
सोमबार पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । पहिलोपल्ट सूर्यकुण्ड हाइड्रो र होटल फरेस्ट इनको १५ प्रतिशत मूल्य बढेको छ । पाल्पा सिमेन्ट र शिखर पावरको १४ प्रतिशतले सेयर बढेको छ ।







