काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक १९.०४ अंकले बढेर २६८८.५५ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स १.५७ प्रतिशतले बढेर ४५७.९३ विन्दुमा पुगेको छ। बुधबार नेप्से ७.९४ अंकले घटेको थियो ।

नेप्से दोहोरो अंकले बढेपनि कारोबार रकम भने बुधबारको तुलनामा घटेको छ। बुधबार १० अर्ब ६९ करोड मूल्य बराबरको सेयर कारोबार भएकोमा आज ३१४ स्क्रिप्सको २ करोड २३ लाख ९६ हजार ३२९ कित्ता सेयर ९ अर्ब ८२ करोड २० लाख ७० हजार ६८२ रुपैयाँमा खरिदबिक्री भए।

चार समूहको उपसूचकबाहेक अन्यको उपसूचक सकारात्मक देखिएका छन्। बैंकिङ समूहको उपसूचक सर्वाधिक ३.८२ प्रतिशतले बढ्दा माइक्रोफाइनान्सको २.५८, म्युचुअल फण्डको ०.०६ र ननलाइफ इन्स्योरेन्सको ०.०० प्रतिशतले बढ्यो।

ADVERTISEMENT

आज होटल्स एण्ड टुरिजम समूहको उपसूचक सर्वाधिक २.६० प्रतिशतले घट्यो। कारोबारमा आएकामध्ये १०४ स्टक्सको मूल्य बढ्दा १४२ वटाको घट्यो। बाँकी एक स्टकको मूल्य भने स्थिर रह्यो ।
आज पनि ओम मेघाश्री फर्माक्यु्टिकल्सको सेयर १० प्रतिशतले बढ्यो। एनआईसी एसिया बैंकको सेयर ७.८० प्रतिशतले बढ्दा फर्वाड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ७.१५ प्रतिशत,ग्लोबल आईएमई बैंकको ६.१२ प्रतिशत र कुमारी बैंकको ६.०६ प्रतिशतले सेयर बढ्यो।

ADVERTISEMENT

 

ADVERTISEMENT