काठमाडौं । साताको चौथोँ कारोबार दिन सेयर सामान्य अंकले घटेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९८ अंकले घटेर २५६१.०८ बिन्दुमा पुगेर बन्द भएको हो ।
बुधबार ३३८ कम्पनीको ८३ करोड ८८ लाख ३ सय ७३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७७ करोड ८६ लाख ३२ हजार ७ सय ७२ रुपैयाँ बराबर कारोबार भएको छ ।
बुधबार बरुण हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २७ करोड ४० लाख रुपैयाँ बराबर संकलन हुँदा कम्पनीके सेयर मूल्य प्रतिकित्ता ३ सय ४४ रुपैयाँ पुगेको छ ।
बुधबार ७७ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ७० कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
बुधबार ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीके सेयर मूल्य ६.०३ प्रतिशतले घटेको छ ।








