काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार घटेर बन्द भएको छ। शुक्रबार सामान्य अंक सकारात्मक भएर बन्द भएको नेप्से परिसूचक आज नकारात्मक भएर बन्द भएको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.४६ अंक घटेर २७००.६५ विन्दुमा झरेको छ। केही समयदेखि नेप्सेले २७ सय विन्दुको टेवा लिइरहेको थियो । तर अब भने घट्ने दिशामा अघि बढेको छ ।

ADVERTISEMENT

आज १३ उपसमूहमध्ये तीन उपसमूहको परिसूचक मात्र बढेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक १.०१ प्रतिशत बढेको छ। जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५६.२१ अंक घटेको छ।

ADVERTISEMENT

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। शुक्रबार चार अर्ब ५३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । तर आज ३५३ स्टकको ९० हजार ८६२ पटकको कारोबारमा चार अर्ब ४४ करोड ६५ लाख २० हजार रुपैयाँबराबरको कारोबार भएको छ।

सोमबार सोपान फर्मास्यूटिकल्स कम्पनीको ३७ करोड ४४ लाख ५६ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे ३० करोड रुपैयाँ र १०.२५ प्रतिशत एनबिबिएल डिबेञ्चर २०८५ को करिब २९ करोड रुपैयाँको कारोबार भएको छ।

ADVERTISEMENT

आज दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य करिब साढे ७ प्रतिशत र सोपान फर्मास्यूटिकल्सको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ।