काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको १८ सयले बढेर दुई लाख ६९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

ADVERTISEMENT

यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि बिहीबार सुन तोलाको दुई लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलाको १६५ रुपैयाँले बढेर ४५६५ रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि बिहीबार चाँदी तोलाको ४४०० रुपैयाँमा कारोबार भएको थियो ।