काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ४७ सय रुपैयाँ र चाँदी तोलामा १४५ रुपैयाँले बढेको हो।
नेपाली बजारमा आज सुन प्रतितोला दुई लाख ८३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रवार दुई लाख ७९ हजार १ सय रुपैयाँमा कारोवार भएको थियो ।
चाँदीको भाउ प्रतितोला ४३ सय २५ रुपैयाँ कायम भएको छ। यसअघि शुक्रवार चार हजार १८० रुपैयाँमा कारोवार भएको थियो ।










