काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल एक तोला सुनको मूल्य दुई लख ५८ हजार ४०० रुपैयाँ कायम भएको हो । बिहीबार तोलामा दुई लाख ६० हजार ४०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा ४ हजार ८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा ४ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।