काठमाडौं । सुनको मूल्यले फेरि कीर्तिमान बनाएको छ । स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दसैंअघिको तुलनामा सुन प्रतितोला सात हजार चार सय रूपैयाँले बढेको छ।

ADVERTISEMENT

महासंघले दसैंअघि प्रतितोला दुई लाख २३ हजार दुई सय रूपैयाँ मूल्य तोकेको थियो। दसैँपछि खुलेको बजारमा आइतबार सुनको मूल्य प्रतितोला दुई लाख ३० हजार ६ सय रूपैयाँ पुगेको छ।

आज चाँदीको मूल्य पनि प्रतितोला एक सय २० रूपैयाँले बढेको छ। यसअघि २८ सय १० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार २९ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।

ADVERTISEMENT

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३८ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।