काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा सुन तोलामा तीन सय र चाँदी २५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार तीन सय र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ५०५ रुपैयाँ निर्धारण भएको छ ।
हिजो एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ४८० रुपैयाँ निर्धारण भएको थियो ।
गत मंगलबार प्रतितोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार ६ सय र त्यति नै परिमाणको चाँदी चार हजार ३७० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १३३ र चाँदी ५९अमेरिकी डलरमा कारोबार भइरहेको छ ।





