काठमाडौं । साताको चौथो कारोबार दिन सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ बढको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार १ सय रुपैयाँमा बजारमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
साथै, बुधबार चाँदीको मूल्य प्रतितोला १ सय ५० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ३ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीकाे मूल्य प्रतितोला ३ हजार ६ सय
रुपैयाँमा कारोबार भएको थियो ।







