काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको हो।
आजका लागि छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९७ हजार तीन सय रुपैयाँ तोकिएको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ९६ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि सामान्य बढेको छ। शुक्रबारको तुलनामा चाँदी तोलामा १५ रुपैयाँले बढेको हो। यससँगै आज चाँदी तोलामा ४९ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी तोलामा ४९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।







