काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदी दुवैको मूल्य बढेको छ । आज सुन प्रतितोला ६ हजार दुई सय रुपैयाँ र चाँदी प्रतीतोला १८० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ५०० सय रुपैयाँमा कारोबार भएको छ। बुधबार सुन तोलामा दुई लाख ७७ हजार तीन सय रुपैयाँ किनबेच भएको थियो।
आज चाँदी तोलाको चार हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी तोलामा चार हजार २७० रुपैयाँमा कारोबार भएको थियो।





