काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतिताला २ लाख ४१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ४३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

ADVERTISEMENT

साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला ८५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्ले दिन सुनको मूल्य प्रतितोला ३ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

ADVERTISEMENT