काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउमा उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ५२ सय रुपैयाँले बढेको छ ।
मंगलबार सुनको भाउ प्रतितोला दुई लाख ४७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन दुई लाख ४२ हजार सात सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला दुई लाख ५८ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ ।
चाँदीको भाउ तोलामा ८५ रुपैयाँ बढेको छ । यस दिन चाँदीको भाउ प्रतितोला ३२०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन ३११५ रुपैयाँ थियो । यसअघि असोज ३१ गते चाँदी हालसम्मकै उच्च ३३५० रुपैयाँ पुगेको रेकर्ड छ ।








