काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । बिहीबारको तुलनामा सुन तोलामा पाँच हजार आठ सय रुपैयाँ र चाँदी १५५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार पाँच सय र त्यति नै परिमाणको चाँदीको भाउ चार हजार ३५० रुपैयाँ निर्धारण भएको छ । बिहीबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार तीन सय र त्यति नै परिमाणको चाँदी चार हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।
गत बुधबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ४८० निर्धारण भएको थियो । गत मंगलबार प्रतितोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार ६ सय र त्यति नै परिमाणको चाँदी चार हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ४५ र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।










