काठमाडौं । जेनजी आन्दोलनपछि पहिलोपटक नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदै छ । ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा हुने बैठक तीन दिनसम्म चल्नेछ ।
एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

प्रतिवेदनमा समसामयिक राजनीति, जेनजी आन्दोलन, घुसपैठ, व्यक्ति र सार्वजनिक सम्पत्तिको तोडफोड आदि विषय समेटिनेछन् ।

अलोकतान्त्रिक अन्तरिम सरकारको गठन, असंवैधानिक ढंगले संसद् विघठन र यसका असरका बारेमा पनि प्रतिवेदन केन्द्रित रहनेछ ।

प्रतिवेदनमा सरकारले ‘नगर्ने निर्वाचनको हौवा’ पिटाएको, सरकारले दलहरूसँग संवाद नगरेको जसले गर्दा निर्वाचनको वातावरण नबनेको विषयमा पनि प्रतिवेदनमा उल्लेख हुनेछ ।