काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा बिहान साढे ११ बजे सुरु हुने तय भएको छ ।

बैठकमा पार्टीको समग्र अवस्था, संगठनात्मक गतिविधि तथा आगामी निर्वाचनसम्बन्धी विषयमा विस्तृत छलफल हुने जनाइएको छ । सचिवालय बैठकमा नेताहरूले पार्टीको वर्तमान राजनीतिक परिस्थिति, संगठन विस्तार तथा भावी रणनीतिबारे धारणा राखिरहेका छन् ।

ADVERTISEMENT

पार्टीका अनुसार शुक्रबार बसेको बैठकमा पाँच जना उपाध्यक्षले आफ्नो धारणा प्रस्तुत गरेका थिए । आजको बैठकमा बाँकी १२ जना पदाधिकारीले बोल्ने कार्यसूची रहेको उनले जानकारी दिए ।