काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहले सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भएको भेटवार्ताका क्रममा मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको बताइएको छ । उनले मोदीलाई विशेषगरी लुम्बिनी भ्रमणका लागि निम्तो दिएको यसअघि सार्वजनिक भएका समाचारमा उल्लेख थियो । यद्यपि, निम्तो दिएको विषयमा दुवै सरकारको आधिकारिक विज्ञप्तिबाट पुष्टि हुन बाँकी छ ।

ADVERTISEMENT

भेटवार्तामा नेपाल–भारत सम्बन्ध, व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा अन्य क्षेत्रमा सहकार्य विस्तारका विषयमा छलफल भएको छ । बाढीपहिरोबाट प्रभावित नेपालका क्षेत्रमा पुनर्निर्माण तथा आर्थिक सहयोगका विषयले पनि वार्तामा प्राथमिकता पाएको छ ।

ADVERTISEMENT

वार्तापछि भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई २४० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग प्याकेज उपलब्ध गराउने घोषणा गरेका छन् । उक्त सहयोग विपद्पछिको पुनर्निर्माण तथा विकासका क्षेत्रमा उपयोग हुने बताइएको छ ।

प्रधानमन्त्री शाह आइतबार भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा भारतको औपचारिक भ्रमणमा नयाँदिल्ली पुगेका हुन् ।