काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई फोन गरी रसुवा बाढीपछि भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरेका छन्।

फोन संवादका क्रममा मोदीले कठिन घडीमा भारतका जनता नेपाली दिदीबहिनी तथा दाजुभाइसँग ऐक्यबद्ध रहेको बताएका छन्। उनले नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन भारत तयार रहेको प्रतिबद्धता जनाएका छन्।

ADVERTISEMENT

मोदीले उद्धार तथा राहतका लागि भारतीय अधिकारीहरूले नेपाली सरकारी अधिकारीहरूसँग समन्वय गरिरहेको जानकारीसमेत दिएका छन्।

ADVERTISEMENT