काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई गंगाजलसहितको घडा उपहार दिएका छन् ।

सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई गंगाजलसहितको घडा उपहार दिएका हुन् ।

ADVERTISEMENT

भेटका क्रममा दुवै देशका प्रधानमन्त्रीबीच उपहार आदानप्रदानसमेत भएको थियो । सो अवसरमा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई पशुपतिनाथको चन्दन, रुद्राक्ष र शालिग्रामसहितको सेट उपहार दिएका थिए ।

ADVERTISEMENT

नेपाल र भारतका प्रधानमन्त्रीबीच भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको थियो ।