काठमाडौं । एक्सट्रीम इनर्जी ड्रिंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका ९ चर्चित खेलाडीलाई ‘टिम एक्सट्रीम’को सदस्यका रूपमा आबद्ध गरेको छ।

नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवापुस्तामाझ खेलकुदप्रतिको उत्साह बढाउने उद्देश्यले गरिएको सम्झौता काठमाडौंस्थित एभरेष्ट होटलमा आयोजित कार्यक्रममा औपचारिक रूपमा सम्पन्न भएको हो।

ADVERTISEMENT

सम्झौताअनुसार सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण केसी र लोकेश बम ‘टिम एक्सट्रीम’मा आबद्ध भएका छन्।

ADVERTISEMENT

सम्झौतापछि खेलाडीहरूले प्रयोग गर्ने क्रिकेट ब्याटमा एक्सट्रीम इनर्जी ड्रिंकको लोगो रहनेछ। साथै, कम्पनीले सञ्चालन गर्ने विभिन्न प्रवद्र्धनात्मक, ब्रान्ड तथा खेलकुदसम्बन्धी गतिविधिमा पनि उनीहरूको सहभागिता रहनेछ।

ADVERTISEMENT

खेलाडीहरूको लोकप्रियता र युवापुस्तामाझ उनीहरूको प्रभावलाई ध्यानमा राखेर गरिएको सहकार्यले क्रिकेट र ब्रान्डबीचको सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।

एनपीएलका ७ टोली समेटिएको विशेष संस्करणको क्यान सार्वजनिक

कार्यक्रममा एक्सट्रीम इनर्जी ड्रिंकले नेपाल प्रिमियर लिग (एनपीएल)मा मुख्य प्रायोजकका रूपमा आबद्ध आफ्ना ७ टोलीलाई समेटेर तयार पारिएको विशेष संस्करणको क्यानसमेत सार्वजनिक गरेको छ।

सम्बन्धित टोलीको पहिचान र क्रिकेट समर्थकको उत्साहलाई समेटेर तयार गरिएको विशेष संस्करणले खेलाडी र समर्थकबीचको सम्बन्धलाई थप नजिक बनाउने कम्पनीको विश्वास छ।

कम्पनीले आगामी दिनमा पनि नेपाली युवाको ऊर्जा, उत्साह र खेलप्रतिको जोशसँग जोडिँदै क्रिकेटलगायत विभिन्न खेलकुद गतिविधिमा निरन्तर सहकार्य र सहभागिता जनाउने जनाएको छ।