काठमाडौं । आईएसएफ फुटबल विश्वकपको २९औँ संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली शुक्रबार चीन प्रस्थान गर्ने भएको छ। प्रतियोगिता अक्टोबर १७ देखि २६ तारिखसम्म सञ्चालन हुनेछ।

नेपाली टोलीमा इभानरत्न तुलाधर, मानव सुब्बा, आरभ श्रेष्ठ, अग्रिमजंग सिंह बस्नेत, साहिलराज थापा, प्रशान्त मेयाङ्बो, रिवाज गुरुङ, सगर्वबहादुर श्रेष्ठ, सम्योग राई, सुयास पौडेल, अन्शुमन केसी, भविष्य शाह, सिभान्स भट्टराई, आकृष्ट महत, कृष्चल थापा, कृष्णा गुरुङ, कृयाश सापकोटा, तेन्जिङ शेर्पा, आईज्याक शाही र आर्गेन तुलाधर छन्। टोलीमा १६ देखि १८ वर्ष उमेर समूहका खेलाडी रहेका छन्।

ADVERTISEMENT

टोली नेतामा अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघको कार्यकारी समितिका सदस्यसमेत रहेका विद्यालय खेलकुद महासंघ (आईएसएसएफ) का महासचिव राजकुमार कार्की छन्।

ADVERTISEMENT

अफिसियलमा आईएसएसएफका अध्यक्ष विनोद श्रेष्ठ, रामकृष्ण महर्जन, पशुपति अधिकारी, भूवनलाल श्रेष्ठ, सोविनराज रेग्मी र सुमिद भट्टराई छन्। टोलीका प्रशिक्षक थमन भुसाल र सन्तोष न्यौपाने हुन्।

महासचिव कार्कीका अनुसार छनोट प्रतिस्पर्धाबाट खेलाडी छनोट गरिएको हो। छनोट प्रक्रियामा ३७२ खेलाडी सहभागी भएका थिए। तीमध्ये पहिलो चरणमा ४० खेलाडी छानिएको र अन्तिम चरणमा २० खेलाडी छनोट गरिएको कार्कीले बताए।

ADVERTISEMENT

चीन प्रस्थान गर्न लागेको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ, राखेपकी सदस्य मोनालिशा खम्बूलगायतले बिदाइ गरेका छन्।