काठमाडौं । नेपाली फाइटर रवीन्द्र ढाट ‘रोड टु यूएफसी’को सेमिफाइनलमा प्रवेश गरेका छन् ।बिहीबार मकाओस्थित ग्यालेक्सी एरिनामा सम्पन्न ब्यान्टमवेट क्वार्टरफाइनलमा रवीन्द्रले फिलिपिन्सका किमबर्ट एलिन्टोजोनलाई टेक्निकल नकआउट (टीकेओ)का आधारमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् ।

प्रतिस्पर्धा दोस्रो राउन्डसम्म पुगेको थियो । आक्रामक प्रदर्शन गरेका रवीन्द्रले उत्कृष्ट फाइटमार्फत निर्णायक जित हात पारेका हुन् ।

ADVERTISEMENT

रवीन्द्र ‘रोड टु यूएफसी’मा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी समेत हुन् । उनको यो सफलताले नेपाली मिक्स्ड मार्सल आर्ट्स (एमएमए) खेलकुदमा नयाँ इतिहास रचेको छ ।

ADVERTISEMENT