काठमाडौं । नेयामारले ब्राजिलको विश्वकप टोलीमा पुनः स्थान बनाएका छन्। लामो समय चोटका कारण मैदानबाहिर रहेका नेयमारलाई प्रशिक्षक कार्लो एन्सेलोटीले घोषणा गरेको २६ सदस्यीय टोलीमा समावेश गरेका हुन्।

३४ वर्षीय नेयमार अक्टोबर २०२३ मा लागेको गम्भीर घुँडाको चोटपछि फिटनेसमा फर्किन संघर्षरत थिए। उनको बायाँ घुँडाको एसीएल च्यातिएपछि लामो समय मैदानबाहिर रहनुपरेको थियो। स्थानीय विश्लेषक तथा पूर्व फुटबलरहरूले उनको विश्वकपमा पुनरागमन कठिन रहेको अनुमान गरेका थिए।

ADVERTISEMENT

तर, प्रशिक्षक एन्सेलोटीले अनुभवी खेलाडीमाथि विश्वास गर्दै टोलीमा समेटेका छन्। यससँगै नेयमारले आफ्नो करियरको चौथो विश्वकप खेल्ने भएका छन्। उनले यसअघि २०१४, २०१८ र २०२२ को विश्वकपमा ब्राजिलको प्रतिनिधित्व गरिसकेका छन्।

ADVERTISEMENT

नेयमार ७९ गोलसहित ब्राजिलका सर्वकालीन सर्वाधिक गोलकर्ता खेलाडी हुन्। टोलीमा भिनिसियस जुनियर र राफिन्हा जस्ता प्रमुख खेलाडीहरू पनि समावेश भएका छन्।

मे २०२५ मा ब्राजिल टोलीको जिम्मेवारी सम्हालेका इटालियन प्रशिक्षक एन्सेलोटीले गत साता मात्रै ब्राजिलियन फुटबल कन्फेडेरेसनसँगको सम्झौता २०३० विश्वकपसम्मका लागि नवीकरण गरेका थिए।

ADVERTISEMENT

ब्राजिलको विश्वकप टोली

गोलकिपर: एलिसन, एडरसन, वेभर्टन

डिफेन्डर: एलेक्स सान्ड्रो, ड्यानिलो, लियो परेरा, ब्रेमर, इबानेज, वेस्ले, मार्किन्होस, गेब्रियल म्यागाल्हेस, डगलस सान्तोस

मिडफिल्डर: ब्रुनो गुइमारेस, कासेमिरो, डानिलो सान्तोस, फाबिनहो, लुकास पाकेटा

फरवार्ड: एन्ड्रिक, गेब्रियल मार्टिनेली, इगोर थियागो, म्याथ्युस कुन्हा, राफिन्हा, भिनिसियस जुनियर, लुइज हेनरिक, नेयमार, रायन