काठमाडौँ । प्रभु बैंकले ग्राहकको वित्तीय आवश्यकता सहज, सरल र किफायती रूपमा पूरा गर्ने उद्देश्यका साथ आकर्षक घर कर्जा तथा सवारी साधन कर्जा योजना सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत घर कर्जाका लागि अधिकतम तीन करोड रुपैयाँसम्मको सीमा तोकिएको छ। कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहने गरी कर्जाको सेवा शुल्क ०.५० प्रतिशत तथा ब्याजदर औसत आधार दर मा थप ०.५० प्रतिशत प्रतिवर्ष कायम गरिएको छ।
यो सुविधा देशभरीका ३०० वटा शाखामार्फत उपलब्ध गराइने बैंकले जनाएको छ। योजनाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मतका साथै घर निर्माण गर्ने प्रयोजनका लागि जग्गा खरिद गर्न चाहने ग्राहकलाई वित्तीय पहुँच उपलब्ध गराइनेछ।
त्यसैगरी, बैंकले सवारी साधन कर्जा योजनाअन्तर्गत व्यक्तिगत प्रयोजनका लागि सवारीसाधन खरिद गर्न अधिकतम सात वर्षसम्मको कर्जा सुविधा सार्वजनिक गरेको छ।
यस योजनामा पनि सेवा शुल्क ०.५० प्रतिशत तथा ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष कायम गरिएको छ। कर्जाका लागि सम्पूर्ण कागजात पेस गरिएको दुई कार्यदिनभित्रै डेलिभरी अर्डर उपलब्ध गराइने बैंकले जनाएको छ।
छिटो, सरल तथा पारदर्शी कर्जा प्रक्रिया, गुणस्तरीय सेवा तथा विश्वसनीय बैंकिङ अनुभव प्रदान गर्न प्रभु बैंक निरन्तर प्रयासरत रहेको जनाइएको छ। यो योजना बैंकका सम्पूर्ण शाखामार्फत प्राप्त गर्न सकिनेछ।





