काठमाडौँ । प्रभु बैंक लिमिटेड र मारुती सुजुकी गाडीको आधिकारिक विक्रेता न्यान्सी अटोमोबाइल्स प्रालिबीच बैंकका कर्मचारी, तिनका परिवारजन तथा डेबिट र क्रेडिट कार्डबाहक ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा परिवारजन र बैंकका डेबिट तथा क्रेडिट कार्डबाहक ग्राहकले न्यान्सी अटोमोबाइल्सबाट मारुती सुजुकीका विभिन्न मोडलका गाडी खरिद गर्दा मोडलअनुसार १ लाख ७५ हजार रुपैयाँसम्म नगद छुट प्राप्त गर्नेछन्।
सम्झौतापत्रमा न्यान्सी अटोमोबाइल्सका तर्फबाट प्रबन्ध निर्देशक मधुकर शाह र प्रभु बैंक लिमिटेडका तर्फबाट सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेखबहादुर पुनले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्।
सम्झौता २०२६ सेप्टेम्बर ७ देखि २०२७ सेप्टेम्बर ६ सम्म लागू हुने जनाइएको छ।
देशभर करिब ३०० शाखा कार्यालय, २६२ एटीएम तथा ६६ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको प्रभु बैंकले करिब ३८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा दिइरहेको जनाएको छ।
बैंकले ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथ गुणस्तरीय बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ। नयाँ सम्झौताले बैंकका ग्राहकलाई मारुती सुजुकीका सवारीसाधन खरिदमा थप सुविधा प्राप्त हुने अपेक्षा गरिएको छ।






