काठमाडौं । ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैंकबीच विशेष छुट सम्झौतामा हस्ताक्षर भएको छ ।
प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकार तथा ल्यान्डमार्क होटेल तथा रिसोर्टका तर्फबाट सहायक बिक्री निर्देशक मालती राई श्रेष्ठ तथा बिक्री तथा विपणन कपोर्रेट निर्देशक अमृत ढकालले बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
ल्यान्डमार्क होटेल तथा रिसोटअन्तर्गत चितवन, पोखरा, काठमाडौँ, तनहुँ, भैरहवालगायत शाखासँग प्रभु बैँकका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिएबापत विशेष छुट पाउने छन् ।
सम्झौताअनुसार प्रभु बैँकका ग्राहक तथा कर्मचारीहरुले होटेल तथा रिसोर्टको सेवा तथा सुविधा प्राप्त गर्न बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतीय प्रणालीद्वारा बिल भुक्तानी गर्नुपर्ने छ ।
ल्यान्डमार्क होटेल तथा रिसोर्टको उल्लेखित शाखामार्फत उपलब्ध आवासतर्फ विशेष संस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन । ‘बैंक अफ द इयर’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालय, २५६ एटीएमका साथै ४८ एक्सटेन्सन काउन्टरमार्पmत करिब ३१ लाखभन्दा बढी ग्राहक छन् ।






