काठमाडौं । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलले ललितपुरको झम्सिखेलस्थित होपफुल हराइजन नेपालमा मानसिक स्वास्थ्यसम्बन्धी सेवाहरुमा विशेष छुट पाउने भएका छन् ।

यस विषयमा होपफुल हराइजन नेपाल र प्रभु बैंकबीच समझदारी भएको छ । होपफुल हराइजनका डा. प्रकृति प्रधान र प्रभु बैंकबाट प्रमुख मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठले समझदारीमा हस्ताक्षर गरेका छन् । सो अवसरमा प्रभु बैंकका प्रिभिलेज बैंङ्किङ प्रमूख अञ्जु बस्नेतको पनि उपस्थिति थियो ।

ADVERTISEMENT

छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकहरुले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक होपफुल हराइजन नेपालमा पेस गर्नुपर्ने छ ।

होपफुल हराइजन नेपालको एक दक्ष एवं अनुभवी विषेशज्ञहरुको टोलीद्वारा निजी क्षेत्रवाट सञ्चालित मानसिक स्वास्थ सेवा प्रदायक संस्था हो । यस संस्थाले सबै उमेर समूहका लागि विभिन्न किसिमका मानसिक स्वास्थ्यसम्बन्धी सेवाहरु उपलब्ध गराउँदै आइरहेको छ ।

ADVERTISEMENT

ग्राहकहरुको रोजाइको अग्रणी बैंकको रुपमा रहेको तथा ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१२ शाखा कार्यालय, २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टरमार्पmत सेवा दिइरहेको छ । बैंकका ३१ लाखभन्दा बढी ग्राहक छन् । ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथ बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै आएको छ ।