काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि प्रत्यक्ष राहत सामग्री उपलब्ध गराएको छ।

बाढीका कारण घरबारविहीन भएका तथा प्रभावित परिवारलाई थप सहयोग गर्ने उद्देश्यले बैंकले १०० थान टेन्ट र १०० थान सुत्ने झोला राहत सामग्री जिल्ला प्रशासन कार्यालय, नुवाकोटमार्फत प्रभावित नागरिकलाई उपलब्ध गराउने गरी हस्तान्तरण गरेको हो।

ADVERTISEMENT

राहत सामग्री बैंकका प्रमुख बजार व्यवस्थापक दिपेन्द्रबाबु विष्टले जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरेका छन्।यसअघि पनि प्रभु बैंकले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख १ हजार १०१ रुपैयाँ सहयोग उपलब्ध गराएको थियो।

ADVERTISEMENT

बैंकले विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, सम्पर्कविहीन व्यक्तिहरूको उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित समुदायप्रति गहिरो संवेदना व्यक्त गरेको छ।बैंकले विपद्का समयमा प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने आफ्नो प्रतिबद्धता कायम राखेको जनाएको छ।

 

ADVERTISEMENT