काठमाडौं । केही दिनयता नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मंगलबारको तुलनामा आज सुन तोलामा ७०० सय रुपैयाँ र चाँदी १७० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एक तोला सुनको मूल्य दुई लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार रुपैयाँ निर्धारण भएको थियो ।
आज एक तोला चाँदीको मूल्य चार हजार ५५ रुपैयाँ निर्धारण भएको छ । हिजो एक तोला चाँदी तीन हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३३० र त्यति नै परिमाणको चाँदी ६५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।








