काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि बढेको छ । पछिल्ला केही दिनयता सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा शुक्रबार दुवै धातुको मूल्य केही बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ६२ हजार ५०० र चाँदीको भाउ चार हजार ५२५ रुपैयाँ कायम भएको छ ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज तोलामा २९ सय रुपैयाँले बढेको हो । हिजो चाँदीको भाउ चार हजार ४१५ रुपैयाँ कायम भएको थियो । आज तोलामा एक सय पाँच रुपैयाँले बढेको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार ३७२ र त्यति नै चाँदी ७३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।







