काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार नौ सय रुपैयाँ र चाँदी ४० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार २४० रुपैयाँ निर्धारण भएको छ ।

ADVERTISEMENT

शुक्रबार एक तोला सुन दुई लाख ८२ हजार एक सय रुपैयाँ र चाँदी चार हजार दुई सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ३१ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।