काठमाडौं  — नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मिटरब्याज पीडितलाई फेरि धोका दिएको आरोप लगाएका छन्।

आइतबार पार्टी कार्यालयमा सांसदहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले सरकारले अर्थतन्त्र सुधार गर्न नसकेको र गरिबी निवारण गर्नुको सट्टा गरिबलाई थप समस्यामा पार्ने काम गरेको दाबी गरे। उनले मिटरब्याज पीडितको समस्या समाधानमा सरकार असफल भएको टिप्पणी गरे।

ADVERTISEMENT

कार्यक्रममा ओलीले सूचना प्रविधि (आईटी) क्षेत्रमा नेपाल पछाडि परेको उल्लेख गर्दै प्रविधिको प्रभावकारी प्रयोगमार्फत मात्र सफलता हासिल गर्न सकिने बताए।

ADVERTISEMENT

उनले ज्ञान गुरुबाट र आफ्नै मेहनतबाट प्राप्त गर्न सकिने भए पनि निरन्तर अभ्यासबिना कुनै पनि क्षेत्रमा सफलता सम्भव नहुने धारणा व्यक्त गरे।