काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रमलगायत विभिन्न विषयमा छलफल हुने जनाइएको छ।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ११ बजे काठमाडौंको वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय घन्टीघरमा बस्नेछ।

ADVERTISEMENT

बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र पार्टीका समसामयिक विषयमा छलफल हुने बताइएको छ।

ADVERTISEMENT