काठमाडौं । नेपाल पत्रकार महासंघको आह्वानमा काठमाडौंको माइतीघर मण्डलामा पत्रकारहरूको प्रदर्शन सुरु भएको छ। पत्रकार पक्राउ, सञ्चारगृहमा धरपकड तथा न्युजरूममा सरकार र प्रहरीको हस्तक्षेप बढेको भन्दै महासंघले प्रदर्शन गरेको हो।
वर्षा र झरीको समेत प्रवाह नगरी पत्रकारहरू प्रदर्शनमा सहभागी भइरहेका छन्। प्रदर्शनमा सहभागी पत्रकारहरूले सरकारी रवैयाको विरोध गर्दै नाराबाजी गरेका छन्।
प्रदर्शनलाई नेपाल पत्रकार महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष रमेश विष्ट, वरिष्ठ पत्रकार देवेन्द्र चुडाललगायतले सम्बोधन गरेका छन्।
महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र स्वतन्त्र पत्रकारितामाथिको हस्तक्षेप रोक्न माग गर्दै विरोध कार्यक्रम आयोजना गरेको हो।










