काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल ले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली लाई समवेदना व्यक्त गरेका छन्।

अध्यक्ष ओली हाल आफ्ना पिताको निधनका कारण गहिरो शोकमा रहेका छन्। यसैबीच विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले समेत उनी र उनका परिवारप्रति संवेदना व्यक्त गर्दै आएका छन्।

ADVERTISEMENT

उक्त घटनाका सम्बन्धमा रास्वपाका तर्फबाट उपसभापति अर्यालले शोक सन्तप्त परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै दुखको क्षणमा धैर्य र सहनशीलता कायम राख्न प्रेरणा दिएका छन्।