डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। स्रोतका अनुसार शुक्रबार राति कारागारभित्र सुरुङ खनेर उनीहरू फरार भएका हुन्।

घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सहितको टोली कारागार पुगेको छ।

ADVERTISEMENT

प्रहरीले घटनास्थलको निरीक्षण तथा प्रारम्भिक अनुसन्धानपछि मात्रै फरार कैदीको संख्या र पहिचान यकिन हुने जनाएको छ।

ADVERTISEMENT

स्रोतका अनुसार हालसम्म ८ जना कैदी फरार भएको जानकारी आएको छ। तर, उनीहरू को–को हुन् भन्नेबारे आधिकारिक विवरण सार्वजनिक भएको छैन।

घटनाबारे जिल्ला कारागार र जिल्ला प्रहरी कार्यालय डोल्पाले औपचारिक धारणा सार्वजनिक गर्न बाँकी छ। प्रहरीले स्थलगत निरीक्षण र अनुसन्धानपछि थप विवरण सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।