काठमाडौं । गत शुक्रबार एकैदिन तोलामा १० हजार ५०० रुपैयाँले घटेको सुनको मूल्यमा आइतबार सामान्य सुधार देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँ पुगेको छ। शुक्रबार सुन प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

ADVERTISEMENT

चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आइतबार चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ६९० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।

ADVERTISEMENT

यसअघि शुक्रबार चाँदीको मूल्य प्रतितोला ३०५ रुपैयाँले घटेको थियो। त्यस दिन चाँदी ४ हजार ६४० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै पछिल्ला दिनमा सुन–चाँदीको मूल्यमा तीव्र उतारचढाव देखिएको छ।

ADVERTISEMENT