काठमाडौँ । नेपाली बजारमा पहेँलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ८०० ले वृद्धि भएको छ ।
आइतबार प्रतितोला दुई लाख ९४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने प्रतितोला दुई लाख ९४ हजार ८०० मा कारोबार हुने गरी निर्धारण भएको छ ।
चाँदी प्रतितोला २० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला पाँच हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला पाँच हजार ४० रुपैयाँ निर्धारण गरिएको छ ।








