काठमाडौं ।  साताको पाँचौ कारोबार दिन सुनको घटेको छ । बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला दुई लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

ADVERTISEMENT

आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ । बिहीबार चाँदी प्रतितोला तीन हजार ६ सय २५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ३ हजार ६ सय ५५ मा कारोबार भएको थियो ।