काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला आठ हजारले वृद्धि भई दुई लाख ९६ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला दुई लाख ८८ रुपैयाँ हजार थियो ।

चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँले बढेर चार हजार ५७० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।

ADVERTISEMENT

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार २६५ र चाँदीको मूल्य प्रतिऔँस ६२ अमेरिकी डलर कायम भएको छ ।

ADVERTISEMENT