काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा सुनको भाउ ६ सय रुयाँले बढेको छ ।

महासंघले छापावाल सुन तोलामा दुई लाख ३७ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तीन हजार १० रुपैयाँ निर्धारण भएको जनाएको छ ।

बुधबार छापावाल एक तोला सुन दुई लाख ३७ हजार २०० रुपैयाँ र चाँदी दुई हजार ९९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

बजार विश्लेषकहरूले सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव भइरहेका कारण लगानीकर्ताले सतर्क हुनुपर्नेमा जोड दिएका छन् । सुनचाँदीमा लगानी गर्दा बजारको प्रवृत्ति र मूल्य परिवर्तनमा ध्यान दिनु आवश्यक भएको उनीहरूको कथन छ ।