काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भन्सार कर छली प्रकरणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि तत्काल छानबिनको माग गरेका छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसदीय समितिमा झुटो विवरण पेस गरेको आरोप लगाउँदै वाग्लेमाथि छानबिनको माग गरेका हुन् ।

विगतमा सुशासनका लागि हरियो रिबन बाँधेर आन्दोलन गरेको र छानबिन समितिको माग गरेको स्मरण गराउँदै शाहीले सत्तामा पुगेपछि नेताहरूले पुराना प्रतिबद्धता बिर्सने गरेको टिप्पणी गरे।

‘सुशासनको पक्षमा हामीले हरियो रिबन बाँधेका थियौं, आन्दोलन पनि गरेका थियौं, छानबिन समितिको माग पनि गरेका थियौं। तर यो सत्ताको कुर्सी गजबको हुँदो रहेछ, यताबाट उता सर्दा सबै बिर्सिने हुँदो रहेछ। भन्सार कर छलीको कुरामा अर्थमन्त्रीज्यूले संसदीय समितिमा गएर झुट बोल्नुभएको छ। समिति रहरले माग गरेको होइन। अर्थमन्त्रीज्यूलाई काम गर्न नदिने भन्ने पनि होइन,’ शाहीले भने ।

ADVERTISEMENT

अर्थमन्त्री वाग्लेलाई बजेटसँगै आर्थिक विधेयक सार्वजनिक गरेलगत्तै अर्थमन्त्रीले पटक–पटक करका दरहरू चलाएको र सूचना चुहाएको आरोप लागेको छ।

ADVERTISEMENT

महालेखा परीक्षक कार्यालयले सुशीला कार्की सरकारले रसुवा-तातोपानी- कोरला नाकाबाट इभी गाडी भित्र्याउँदा दुई अर्ब ४९ करोड ८३ लाख १६ हजार र देशैभरिको नाकावाट झिकाउँदा तीन अर्ब ७७ करोड ४४ लाख १९०० हजार घोटला भएको आशंका गर्दै छानबिन गर भनेको छ, यो महालेखाको प्रतिवेदनको पेज नम्बर १५२ मा उल्लेख छ तर त्यसमा अझै छानबिन गरिएको छैन ।

ADVERTISEMENT

अहिले जेठ १-१४ गते तीन हजार इभी भित्रिएको रेकर्डमा देखिएको छ । ती गाडी सिमा नाकामा २१ गते आउँछन्, तर त्यो भन्दा अगाडि जेठ १४ गतेको भन्सार पास बनाइएको भेटिएको छ । तर यसमा अर्थमन्त्रीले केही बोल्न चाहेको देखिएको छैन ।