काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशसभा संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्कासन गरेको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको निर्देशनविपरीत गतिविधि गरेको भन्दै थापामाथि कारबाही गरिएको जानकारी दिएका छन्।

ADVERTISEMENT

थापाले एमाले र नेकपा नेतृत्वको सरकारलाई समर्थन गरेपछि राप्रपाले उक्त समर्थन फिर्ता लिन निर्देशन दिएको थियो। तर पार्टीको आग्रह नमानेपछि उनलाई कारबाही गरिएको अध्यक्ष लिङ्देनले बताएका छन्।

ADVERTISEMENT

‘उद्धव थापालाई साधारण सदस्य र प्रदेशसभा सदस्यबाट कारबाही गरिएको छ,’ लिङ्देनले भने। उनका अनुसार अब पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी हुने अन्य नेतामाथि समेत कारबाही गरिनेछ।