काठमाडौं।  राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी बाट आफूहरूलाई धोका भएको आरोप लगाएका छन्।शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उपसभामुख पदका लागि आफ्नी पार्टीकी उम्मेदवार सरस्वती लामा को प्रस्ताव प्रस्तुत गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

शाहीका अनुसार रास्वपा सभापति रवि लामिछाने बाट सहयोगको आश्वासन पाएपछि मात्र राप्रपाले उपसभामुखमा उम्मेदवारी दिएको थियो। तर उक्त आश्वासन पूरा नभएको भन्दै उनले असन्तुष्टि जनाएका छन्।

ADVERTISEMENT

“राजनीतिमा आश्वासन र धोका पनि जायज रहेछन् भन्ने कठोर यथार्थ बुझ्दैछु,” शाहीले भने, “अब बोलीभन्दा बढी संकेत बुझ्नुपर्ने अवस्था आएको छ।”उनले फरक–फरक राजनीतिक दल भए पनि व्यवहारमा पुराना र नयाँ दलबीच नीतिगत तथा वैचारिक समानता देखिएको टिप्पणी गरे। “नाम फरक भए पनि नीति र विचारको नाभी एउटै ठाउँमा जोडिएको देखियो,” उनले भने।

शाहीले उपसभामुख उम्मेदवारी अघि बढाउने क्रममा रास्वपा सभापतिसँग छलफल भएको र जनजाति समुदायबाट उम्मेदवार उठाउने सहमति बनेको दाबी गरे।

ADVERTISEMENT

उनले रास्वपाको आश्वासनका कारण नै अन्य सम्भावित सहकार्यबाट आफूहरू वञ्चित भएको उल्लेख गर्दै श्रम संस्कृति पार्टीकी उम्मेदवार रुवी ठाकुर लाई समर्थन गर्न नसकेको बताए।