काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ । चाँदीको भने भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ४०० रुपैयाँले सुनको भाउ घटेको छ ।

आइतबार सुन प्रतितोला दुई लाख ९८ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो । आज प्रतितोला दुई लाख ९८ हजार ५०० मा किनबेच भइरहेको महासंघले जानकारी दिएको छ ।

ADVERTISEMENT

आज चाँदी प्रतितोला पाँच हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी पाँच हजार तीन सय रुपैयाँमा किनबेच भएको थियो ।